देवघाट माघ ११ । देवघाट गाउँपालिका-५ क्युदी निवासी मनिसा गुरूङ गण्डकी प्रदेश तनहुँ जिल्ला देवघाट गाउँपालिकाको तर्फबाट प्रतिनिधित्व गर्दै भारतको सिक्किममा हुन गइरहेको दक्षिण एसियाली सितोरियो सोबुकान कराँते खेल्न भोलि भारत तर्फ प्रस्तान गर्ने छिन ।
उनि ५० के.जी. समूहमा प्रतिस्पर्धा गर्न जान लागेकी हुन् । पहिलोपटक अन्तरास्ट्रिय स्तरमा सोबुकान कराँतेमा प्रतिस्पर्धा गर्न जान लागेकी मनिसालाई थप हौसला होस भन्ने उद्देश्यका साथ देवघाट गाउँपालिकाले शुक्रबार बिधाई कार्यक्रमको आयोजना गरिएको थियोे ।
बिधाई कार्यक्रमसँगै पालिकाले मनिसालाई यातायात खर्च स्वरूप रू.२० हजार रूपैयाँ रकम प्रदान गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो ।
सो रकम हस्तान्तरण गर्दै अध्यक्ष थापाले भन्नुभयो राम्रोसँग खेल खेलेर स्वर्ण पदक जितको शुभकामना दिदैँ गाउँ ठाउँ र देशको नाम उच्च राख्न आग्रह गरे । उक्त रकम गाउँकार्यपालिकाले निर्णय गरि प्रदान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उक्त बिधाई कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ,वडा-३ अध्यक्ष टेक बहादुर आले,कार्यपालिका सदस्य बाबुराम परियार,देवघाट गाउँपालिका वडा-५ का कार्यवाहक अध्यक्ष याम बहादुर मगर,देवघाट शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने,गाउँपालिकाका लेखा शाखा अधिकृत सरद न्यौपाने लगायत कर्मचारीहरूको सहभागीता रहेको थियोे ।