Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

डुम्रेबजारस्थित स्थानीय केशव अधिकारीको घरमा आगलागी हुँदा ५० मुरी धान जलेर नष्ट

डुम्रेबजारस्थित स्थानीय केशव अधिकारीको घरमा आगलागी हुँदा ५० मुरी धान जलेर नष्ट

images
डुम्रेबजारस्थित स्थानीय केशव अधिकारीको घरमा आगलागी हुँदा ५० मुरी धान जलेर नष्ट
images

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित स्थानीय केशव अधिकारीको घरमा आगलागी हुँदा ५० मुरी धान जलेर नष्ट भएको छ । बुधबार बिहान आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्की घरको पाँचौं तलमा आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आबुखैरेनी, इलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी डुम्रे तनहुँबाट प्रहरी निरीक्षक समेत ३६ जना प्रहरी कर्मचारी र स्थानीयको सहयोगमा करिब ४० मिनेटमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ५० मुरी धान, पुराना काठपात तथा झ्यालढोका र टिनको छानो जली नष्ट भएको जिल्ला प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । आगालागी कसरी भयो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १६:४६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology