Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोक गाउँपालिकालाई

राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोक गाउँपालिकालाई

राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोक गाउँपालिकालाई
images

गोरखा, माघ ८ गते ।  गोरखामा भएको जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले हात पारेको छ । गएको आइतबारदेखि भएको १२ औं जिल्ला राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सात स्वर्ण, नौ रजत र तीन कास्य गरी कुल १९ पदक हात पार्दै सिरानचोक गाउँपालिकाले उपाधि हात पारेको हो ।

images
images

त्यसैगरी, प्रतियोगितामा ६ स्वर्ण ६ रजत र ८ कास्य गरी कुल २० पदकसहित पालुङटार नगरपालिका दोस्रो बनेको छ भने पाँच स्वर्ण, चार रजत र तीन कास्य गरी कुल १२ पदकसहित भीमसेन थापा गाउँपालिका तेस्रो बनेको छ ।

प्रतियोगितमा गोरखा नगरपालिकाले दुई स्वर्ण, दुई रजत, दुई कास्य, शहिद लखन गाउँपालिकाले तीन कास्य र गण्डकी गाउँपालिकाले चार स्वर्ण, एक रजत र चार कास्य पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी, बारपाक सुलीकोट गाउँपालिकाले तीन स्वर्ण, चार रजत र तीन कास्य, अजिरकोट गाउँपालिकाले तीन स्वर्ण, तीन रजत र चार कास्य, चुमनुब्री गाउँपालिकाले दुई कास्य, धार्चे गाउँपालिकाले एक रजत र आरुघाट गाउँपालिकाले एक कास्य पदक प्राप्त जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।

सिरानचोक गाउँपालिकाले तीन पटकसम्म राष्ट्रपति रनिङशिल्डको उपाधि विजेता बनेसँगै शील्ड पनि आफ्नो बनाइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा ११ वटै स्थानीय तहहरुले भलिबल, कबडी, एथेलेक्टिस र मार्सलआर्टस विधामा प्रतिस्पर्धा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको भनाइ छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पालुङटार नगरपालिकाको सहआयोजनमा आइतबारबाट पालुङटारस्थित भवानी मावि माझटार खेलकुद मैदानम प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगितामा विजेताहरुले ट्रफी, पदक र प्रमाणपत्र मङ्गलबार एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले वितरण गर्नुभएको थियो ।  

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १८:५६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology