Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू प्ये ल्हु संघद्वारा देवघाटको कराँदीप सामुदायिक होमस्टेको अवलोकन, संस्थागत विकासमा टेवा पुग्ने विश्वास

तमू प्ये ल्हु संघद्वारा देवघाटको कराँदीप सामुदायिक होमस्टेको अवलोकन, संस्थागत विकासमा टेवा पुग्ने विश्वास

तमू प्ये ल्हु संघद्वारा देवघाटको कराँदीप सामुदायिक होमस्टेको अवलोकन,  संस्थागत विकासमा टेवा पुग्ने विश्वास
images

देवघाट । तमू प्ये ल्हु संघ चितवनले तनहुँको देवघाट गाउँपालिका वडा नं.२ स्थित कराँदीप सामुदायिक होमस्टेको अवलोकन गरेको छ । यसवर्षको ल्होसारसम्बन्धी समीक्षात्मक बैठकसहित होमस्टेको अवलोकन गरिएको प्ये ल्हु संघ चितवनले जनाएको छ । होमस्टेको अवलोकनबाट संस्थागत विकासमा थप टेवा पुग्ने विश्वास लिइएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

images
images

साथै होमस्टेमा भएको समीक्षात्मक बैठकले यसवर्षको तमू ल्होसार पर्व सामान्य खर्चमा मनाएको निष्कर्ष निकालेको छ । यस वर्ष तमू प्ये ल्हु संघ चितवनको आफ्नै जमिन खरिद र त्यसमा आवश्यक संरचना निर्माणको अभियानमा लागेको हुँदा सामान्य खर्चमा ल्होसार मनाएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

1 (80).JPG

समीक्षा बैठकसँगै नयाँ ठाउँको अवलोकन गर्नको लागि पनि यसपटक कराँदीप आइपुगेको उनले बताए । मगर जातिको बसोबास रहेको गाउँमा फरक खालको अनुभव गर्न पाएको उनले बताए । ‘यसरी नयाँ ठाउँको अवलोकन गर्दा संस्थागत विकासमा टेवा पुग्ने रहेछ,’ उनले भने, ‘त्यसकारण हामीले आन्तरिक स्रोत जुटाएरै भए पनि केही न केही उद्देश्य लिएर नयाँनयाँ ठाउँ घुम्ने र अनुभव बटुल्ने काम गर्दै आएका छौँ ।’

प्ये ल्हु संघ चितवनले आगामी वर्षदेखि तमू ल्होसार पर्व आफ्नै जग्गामा मनाउने गरी योजना अगाडि बढाइरहेको उनले बताए । ‘अहिले हामी संस्थाको नाममा जमिन खरिद गर्ने र त्यसमा आवश्यक संरचना निर्माण गर्न आर्थिक सङकलन अभियानमै छौँ,’ अध्यक्ष तमूले भने, ‘त्यसकारण आगामी दिनमा तमू प्ये ल्हु संघलाई ल्होसार कता मनाउने भन्ने चिन्ता हुँदैन ।’

प्ये ल्हु संघ चितवनले भरतपुर–४ स्थित यज्ञपुरीमा जमिन खरिद गर्दैछ । त्यसको लागि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग पनि अर्थ सङ्कलन गरिरहेको उनले बताए । ‘केही महिनायता हामी यही अभियानमा छौँ,’ उनले भने, ‘हाम्रो अभियान पुण्य कमाउने अभियान भएकोले सबैबाट सहयोग मिलेको छ ।’

1 (77).JPG

यसअघि आफ्नै जमिन नहुँदा प्ये ल्हु संघले भरतपुर–११ स्थित नौरङ्गेमा रहेको खेमा तमू समाजसँग मिलेर सानो क्होइबो परिसरमा ल्होसार मनाउँदै आएको थियो । २०६० सालमा स्थापना भएको संघले दुई दशकपछि बल्ल आफ्नै क्होइबोसहितको संरचना निर्माण गर्ने गरी जमिन खरिद गर्ने अभियान थालेको हो । प्ये ल्हु संघले चितवन जिल्लामा विभिन्न स्थानमा इकाइ समिति गठन गर्दै ३३ वटा समिति निर्माण गरिसकेको छ । शनिबार कराँदीप पुगेको प्ये ल्हु संघ चितवनको २२ जनाको समूह आइतबार चितवन फर्किएको हो ।  

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - २२:०७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology