Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आज अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?

आज अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?

images
आज अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । लगातार उकालो लागेको अमरिकी डलर आज भने स्थिर रहेको छ ।

यस्तै आज युरोपियन युरोको मूल्य पनि स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य एक सय ३८ रुपैयाँ २८ पैसा खरिददर र एक सय ३८ रुपैयाँ ८८ पैसा बिक्रीदर रहेको छ । युरोको एक सय ४२ रुपैयाँ ५३ पैसा खरिददर र एक सय ४३ रुपैयाँ १५ पैसा बिक्रीदर मूल्य कायम गरिएको छ ।

यस्तै, यूके पाउन्ड स्ट्रलिङको खरिददर एक सय ६८ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा रहेको छ । स्वीस फ्रयांकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३५ पैसा रहेको छ । आजका लागि अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा रहेको छ ।

जापानी येनको खरिददर १० को १८ रुपैयाँ ८ पैसा र खरिददर ८ रुपैयाँ ९२ पैसा, चाइनिज युआन १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरब रियालको खरिद मूल्य ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ एक पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा रहेको छ । यसै गरी थाइ भाटको खरिददर ४ रुपैयाँ एक पैसा र बिक्रीदर ४ रुपैयाँ तीन पैसा रहेको छ भने यूएई दिरामको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । मलेसियन रिंगेटको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।

साउद कोरियन ओनको खरिददर सयको ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । स्वीडिस क्रोनेरको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा, डेनिस क्रोनेरको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलरको खरिददर १७ रुपैयाँ ७६ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै, आजका लागि केवेती दिनारको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा, बहराइन दिनारको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमानी रियालको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा तथा बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँ सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।

images
प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - ०९:४२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology