Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू समाज कुबेतद्वारा चेलीबेटी भोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तमू समाज कुबेतद्वारा चेलीबेटी भोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तमू समाज कुबेतद्वारा चेलीबेटी भोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
images
कुबेत सिटी । तमू (गुरुङ)हरु को साझा संस्था तमू समाज कुबेतको आयोजनामा चेलिबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।हिजो शुक्रवार जनवरी १७ तारिखका दिन कुबेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद,मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न भएको छ।
473728903_28064354033213099_5236340106722311649_n.jpg
तमू समाजकी अध्यक्ष रन्जाना गुरुङको सभापतित्वमा सम्पन्न भएको चेलीबेटी भोज कार्यक्रममा समाजको संस्थापक तथा बरीष्ठ सल्लाहकार अमर गुरुङको प्रमुख आतिथ्यता,रहेको थियो। उक्त औपचारिक कार्यक्रम लाई समाजका सहसचिब भेद गुरुङले संचालन गर्नु भएको थियो।
473728077_28064356529879516_2391515057243710674_n.jpg
कार्यक्रम उद्घाटन कार्यक्रमका सभापति प्रमुख अतिथिले संयुक्तरूपमा दीप प्रज्ज्वलन गरि उद्घाटन गर्नु भएको थियो भने। स्वागत मन्तब्य तमू समाजकी महिला उपाध्यक्ष – शोभा गुरुङले राख्नु भएको थिइन।त्यसै गरि कार्यक्रममा नेपालको राष्ट्रिय गीत र तमू राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो।
473560561_28064361136545722_3793808987469875079_n.jpg
समाजका संस्थापक बरिष्ट सल्लाहकार अमर गुरुङले चेली बेटी भोज कार्यक्रमको बारेमा प्रस्ट पार्नु भएको थियो। शुभ कामना दिने क्रममा समाजका बरीष्ठ सल्लाहकार - भिम बहादुर गुरुङ,सल्लाहकार - रोशन राज गुरुङ, सल्लाहकार - गोप प्रसाद गुरुङ,बरीष्ठ उपाध्यक्ष - याम गुरुङ,कोषाध्यक्ष – पदम गुरुङ,सह-कोषाध्यक्ष – कुमारी गुरुङ,कलाकार संयोजक – सुसिल गुरुङ,महिला संयोजक – सुमी गुरुङ,खेलकुद संयोजक – भुप्रसाद गुरुङले शुभकामना मन्तव्य राखेका थिए।
473383628_28064357016546134_6195948378017316834_n.jpg
कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्यझाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै चेलीबेटी भोज कार्यक्रम लाई सुगन्ध भर्ने काम समाजका सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले उपस्थित सम्पूर्ण लाई झनै मनोरन्जन दिलएको थियो।कार्यक्रमको आकर्षक पक्ष खेलकुद हाडी फोड्ने,म्युजिकल चियर प्रतियोगिता,राखिएको थियो। प्रतियोगिता पहिलो,दोस्रो,हुने बिजयी हुने खेलाडीहरुलाई पुरुस्कार खेलकुद संयोजक – भुप्रसाद गुरुङले स्पोसर गर्नु भएको थियो। बिजयी हुने खेलाडीहरुलाई कप,खादाले सम्मान गरीएको थियो।
473202423_28064361703212332_7806852679486756187_n.jpg
समाज ले हरसाल ५ सदस्यहरु लाई सम्मान गर्दै आएको छ। यसपाली पनि समाजले ५ सदस्यहहरु लाई सम्मान गरिएको थियो। जस्मा समाजका पूर्व अध्यक्ष हाल बरीष्ठ सल्लाहकार – राजु गुरुङ, बरीष्ठ उपाध्यक्ष - याम गुरुङ, महासचिब – सुरेश गुरुङ,महिला संयोजक – सुमी गुरुङ,सदस्य – चिन माया गुरुङ लाई क्रेगि (फेटा) र क्रमुद्वारा सम्मानपत्र ममेन्टो बाट सम्मानित सम्मान गरिएको थियो। त्यसैगरी चेली बेटी भोज कार्यक्रम लाई सम्पन्न गर्न सहयोगीहरु महिला संयोजक सुमी गुरुङ,महिला उपाध्यक्ष शोभा गुरुङ,सह-कोषाध्यक्ष कुमारी गुरुङ,सदस्य सान्ती सुनुवार,सदस्य देबी गुरुङ,सदस्य रिसा गुरुङ लाई खादाले सम्मान गरीएको थियो।
473163989_28064466283201874_6516357438164711945_n (1).jpg
चेलीबेटीहरु प्रति समर्पित भएको कार्यक्रम भएको हुंदा चेलीबेटीहरु लाई दिइने उच्च सम्मान,समन सहभागिता समन भुमिका इज्जत, माया र नारीको महत्व दर्शाउनुको साथै तमू जातिको परम्परागत रुपमा मनाएको कार्यक्रममा तमू समाज कुबेतको तर्फ बाट चेलीबेटीहरु लाई स-सम्मान तमु परम्परा अनुसार मायाको कोसेली खादा दोसाला ओढाएर सम्मान गरेको थियो भने चेलीबेटीहरुको तर्फ बाट पनि समाजका दाजुभाइहरु लाई तमू परम्परा अनुसार मायाको कोसेली ग्राहण गरेको थियो। कार्यक्रम मा सम्पूर्ण उपस्थित लाई जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु साथमा पुलाउ मिठो भोजन ले स्वगात गरेका थिए।
472891229_28064460849869084_7296326756607288301_n.jpg
कार्यक्रमको समापन कार्यक्रमका सभापति समाजकी अध्यक्ष रन्जाना गुरुङले कार्यक्रममा लाई सफलताका साथ सम्पन्न गर्न खटनु भएका समाजका अग्र्ज सल्लाकार तथा कार्यसमिति लगायत सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।
474452032_28064359349879234_4175352281567200954_n.jpg
तस्बिर भेद गुरुङ / अमृत गुरुङ

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - २२:०१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology