Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तयारी अवस्थामा रहन केन्द्रीय सदस्यलाई नेकपाको प्रचण्ड–नेपाल समूहको निर्देशन 

तयारी अवस्थामा रहन केन्द्रीय सदस्यलाई नेकपाको प्रचण्ड–नेपाल समूहको निर्देशन 

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
तयारी अवस्थामा रहन केन्द्रीय सदस्यलाई नेकपाको प्रचण्ड–नेपाल समूहको निर्देशन 

काठमाण्डौ, ७ फागुन ।  नेकपाको प्रचण्ड– नेपाल समूहले आफ्ना केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहनका लागि उक्त समूहको अनौपचारिक बैठकले निर्देशन दिएको हो ।
पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । आजको बैठक करिब दुई घण्टासम्म चलेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसङ्घर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा जानकारी गारउनुभएको थियो । 
प्रचण्ड–नेपाल समूहले हिजो मात्रै केन्द्रीय सदस्यलाई नागरिकता सहित आउन आग्रह गरेको थियो । 

images

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १९:१५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology