तनहुँ, माघ ४ गते । नवौ तनहुँ महोत्सवमा शनिबार तनहुँमा जन्मनु भई हाल अमेरिका बस्ने चर्चित गायक प्रेमराजा महत आउनु हुने भएको छ ।
त्यसैगरी तनहुँमै जन्मिएकी गायिका शिला आलेको प्रस्तुति हुने छ । त्यसैगरी गायक श्याम राना, इन्सल सन्जाल, गायक रमेश श्रेष्ठ मेलोडीको प्रस्तुति हुने भएको छ ।
यसैगरी साँझ ५ बजे भने रचना रिमाल र प्रकाश दुतराजको प्रस्तुति हुने छ । साँझको टिकट भने एक सय ५० रुपैयाँ तोकिएको छ ।