Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बन्दीपुर भ्रमण वर्षको प्रचार गर्न गोरु जुधाई प्रतियोगिता

बन्दीपुर भ्रमण वर्षको प्रचार गर्न गोरु जुधाई प्रतियोगिता

बन्दीपुर भ्रमण वर्षको प्रचार गर्न गोरु जुधाई प्रतियोगिता
images

अमरराज नहर्की

images
images

तनहुँ, माघ २ गते । बन्दीपुर भ्रमण वर्ष–२०२५ को प्रचार/प्रसार गर्न गोरु जुझाई प्रतियोगिता गरिएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा स्थानीय नवीन गुरुङको गोरु प्रथम भएको छ ।

स्थानीय सन्तोष गुरुङको गोरुलाई दश मिनेटको जुधाईमा हराउँदै नविन गुरुङको गोरुले प्रथम भएको हो । प्रथम पुरस्कार स्वरूप गुरुङलाई १५ हजार प्रदान गरिएको छ । त्यसैगरी स्थानीय कृषका सन्तोष गुरुङको गोरु उपविजेता बनेको छ ।

उपविजेताले सात हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नौ वटा गोरुले प्रतियोगितामा भाग लिएको आयोजक नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले बन्दीपुुरको पर्यटन प्रवद्धनमा टेवा पुर्‍याउने उद्देश्य प्रतियोगिता गरिएको बताउनुभयो । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले मङ्गलबार संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा मन्त्री बस्यालले खेलको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि थप सहयोग पुग्नेमा बताउँदै बन्दीपुरको पर्यटन प्रवद्धनार्थ विभिन्न खेलसम्बन्धी प्रतियोगिताको आयोजना गर्न जोड दिनुभयो । बन्दीपुर गाउँपालिकाको आयोजनामा बन्दीपुर बजार घुम्न आउने पर्यटकलाई गाउँसम्म पुर्‍याउन अङ्ग्रेजी वर्ष २०२५ लाई बन्दीपुर भ्रमण वर्षको रुपमा घोषणा गरेको थियो ।

पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रीत भएकाले त्यसको लाभ गाउँसम्म पुर्‍याउने प्रमुख उद्देश्यले भ्रमण वर्ष घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैस गुरुङले बन्दीपुरमा बन्दीपुर बजार मात्रै नभई दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, रामकोट, धरमपानीलगायतका होमस्टे, रानीवन मणिमुकुन्दसेन दरबार स्थल, थानीमाई लगायतका थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार प्रसार हुन नसकेकाले भ्रमण वर्ष मनाइएको जानकारी दिनुभयो ।

बन्दीपुरमा वार्षिक रुपमा डेढ लाख पर्यटकले बास बस्ने गरेकोमा त्यसलाई दुई लाख पुर्‍याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ११:१३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology