Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गर्दा भिमफेदीबाट ४ जना भारतीय पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गर्दा भिमफेदीबाट ४ जना भारतीय पक्राउ

images
चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गर्दा भिमफेदीबाट ४ जना भारतीय पक्राउ
images

काठमाडौँ । काठमाडौँको ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

अपहरणमा परेका चिनियाँ नागरिकको मकवानपुरको भीमफेदीबाट उद्धार गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । हिजो ठमेलबाट एक जना चिनियाँ नागरिक अपहरणमा परेको खबर आएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

सम्भावित ठाउँ र नाकामा जाँच गर्दा शुरूमा गाडीका चालक र एक जना भारतीय नागरिक पक्राउ परेका र पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भागेका दुई जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका र उद्धार गरिएका व्यक्तिको परिचय खुलाएको छैन । थप अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १०:२४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology