Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाटमा ऐतिहासिक मकर स्नान तथा महा–महोत्सव सुरु, १००८ स्वामी ज्ञानानन्द सरस्वतीद्वारा उद्घाटन

देवघाटमा ऐतिहासिक मकर स्नान तथा महा–महोत्सव सुरु, १००८ स्वामी ज्ञानानन्द सरस्वतीद्वारा उद्घाटन

देवघाटमा ऐतिहासिक मकर स्नान तथा महा–महोत्सव सुरु, १००८ स्वामी ज्ञानानन्द सरस्वतीद्वारा उद्घाटन
images

देवघाट । देवघाटमा सोमबारबाट ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सव सुरु भएको छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देश–विदेशका श्रद्धालु भक्तजनहरूको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतिजी महाराजले उद्घाटन गरे ।

images
images

विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक सुप्रशिद्ध कथा वाचक इश्वरकृष्ण महाराजको सत्संकल्पमा सुरु भएको उक्त महा–महोत्सवको उद्घाटन कार्यक्रममा देवघाट वरपरका पिठाधिश र स्वामीहरुको विशेष उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा सबैको आकर्षण भने लोकप्रिय कथा वाचिका देवी प्रतिभा बनेकी थिइन् । उनलाई हेर्न मात्रै हजारौं भक्तजन आएका थिए । लोकप्रिय कथावाचिका देवी प्रतीभाले माघ ९ गतेसम्म देवघाट महा–महामहोत्सवमा कथा वाचन गर्नेछिन् ।

यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विशवकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन् । महोत्सवको प्रमुख आकर्षणमा अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठ, १ लाख २५ हजार श्रीफल हवन, १ लाख शीला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन र पूजन, तथा ३३ कोटी दीप प्रज्वलनजस्ता धार्मिक गतिविधिहरू रहेका छन् ।

देश–विदेशका ख्यातिप्राप्त कथा वाचकहरूले महोत्सवलाई थप विशेष बनाइरहेका छन् । विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माताजी र युवा कथा वाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुहरूलाई आध्यात्मिक ज्ञान प्रदान गर्नेछन् । भक्तजनहरूको सुविधाका लागि उत्कृष्ट व्यवस्थापन गरिएको छ ।

करिब १० हजार व्यक्तिको दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ भने २० हजार भन्दा बढी व्यक्तिलाई समेट्न सक्ने तीन भव्य पण्डाल निर्माण गरिएको छ । शुद्ध पानी, शौचालय, प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ भने वृद्धवृद्धा तथा असक्त व्यक्तिहरूका लागि यातायातको विशेष व्यवस्था गरिएको छ ।

सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवकहरूको टोली परिचालित गरिएको छ । महा–महोत्सवमा संकलित रकमले तनहुँको देवघाटमा निर्माणाधीन माता–पिता सेवा आश्रममा खर्च गरिने छ । उक्त आश्रमा ३६५ कोठाहरु रहनेछन् । उक्त आश्रम निर्माणकोलागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ आश्रम निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा निर्माणाधीन माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।

यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महा–महोत्सवका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताए । आश्रम संगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पथ्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताए ।

मन्दिर र आश्रमको गरि कुल लागत करिब २०० करोड रुपैयाँ रहने जनाईएको छ । निर्माणाधीन मन्दिरलाई हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको जनाईएको छ ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ००:३६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology