Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कालिका पावर कम्पनीको नाफा १५ प्रतिशत बढीले वृद्धि

कालिका पावर कम्पनीको नाफा १५ प्रतिशत बढीले वृद्धि

images
कालिका पावर कम्पनीको नाफा १५ प्रतिशत बढीले वृद्धि
images

भरतपुर । कालिका पावर कम्पनी लिमिटेडको नाफामा १५.२४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालू आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा नाफा वृद्धि भएको देखिएको हो।

रकममा एक करोड १२ लाख २९ हजार ३३५ रूपैयाँले वृद्धि भएको कम्पनीको सोमबार सम्पन्न १७औं वार्षिक सधारण सभामा प्रस्तुत प्रतिवेदनले भनेको छ। नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौताअनुसार कम्पनीको वार्षिक आम्दानी १९ करोड १६ लाख २२ हजार ६६६ रूपैयाँ भएको कम्पनीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।

‘विद्युत प्राधिकरणसँग कम्पनीले तीन करोड २८ लाख ६२ हजार ८३३ किलोवाट घण्टा विद्युत शक्ति उपलब्ध गराउन सकिने प्रावधान भएअनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले जम्मा तीन करोड १२ लाख पाँच हजार २९६ किलोवाट घण्टा विद्युत उत्पादन गरी रू १९ करोड १६ लाख २२ हजार ६६६ रूपैयाँ वार्षिक आय गर्न सफल भएको छ,’ कम्पनीका अध्यक्ष पाण्डेले भने।

कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भने एक करोड २५ लाख २५ हजार ६५ किलोवाट घण्टा विद्युत शक्ति उत्पादन गरेर ५.५२ का दरले बिक्री गर्दा ६ करोड ८९ लाख ९६ हजार ७५७ रूपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष पाण्डेले जानकारी दिए।

कम्पनीको आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ८७ करोड २८ लख ५० हजार र चुक्ता पुँजी ८७ करोड २८ लाख ५० हजार रहेको पनि साधारण सभामा उनले जानकारी दिए।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाको मुच्चोक र बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी सीमाना भएर बग्ने दरौँदी नदीमा छ हजार किलोवाट क्षमताको जलविद्युत उत्पादन गरी विद्युतको व्यापारिक उत्पादन सुरू गरिसकेको छ।

images
प्रकाशित मिति :माघ १, २०८१ मंगलवार - १८:२६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology