Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवन महोत्सवमा आज शान्तिश्री परियार , हात्ती र भटभटेको प्रस्तुती रहने

चितवन महोत्सवमा आज शान्तिश्री परियार , हात्ती र भटभटेको प्रस्तुती रहने

images

इच्छाकामना न्युज

२९, पौष २०८१
चितवन महोत्सवमा आज शान्तिश्री परियार , हात्ती र भटभटेको प्रस्तुती रहने
images

चितवन, २९ पुष । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय रुपमा चलिरहेको छ ।

महोत्सवको पाचौं दिन आज पुष २९ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार आज दिउँसो २ः४५ बजेपछि अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ । त्यसैगरी ३ बजेपछि शान्तिश्री परियारको प्रस्तुती रहने छ ।

दिउँसो ११ः३० बजेपछि द ऐराजको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती समेत रहने ओलीले जानकारी दिए ।यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, किराँत याकथुङ चुम्लुङ चितवन, स्थानीय गायकहरु, रोयल डान्स एकेडमी नारायणगढ, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, तमु ह्युल छाेंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवनको प्रस्तुती रहने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।धुलोरहित बनेको यसपालीको चितवन महोत्सवमा उल्लासय सहभागिता देख्न सकिन्छ ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - ०९:५३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology