ललितपुर, ६ फागुन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महांकाल गाउँपालिका-४ कालेश्वर खन्तिडाँडास्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका-८ घर भएका २१ वर्षीय राजकुमार ठाकुरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।