Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामना गाउँपालिकाको १६ औँ गाउँ सभा सम्पन्न

इच्छाकामना गाउँपालिकाको १६ औँ गाउँ सभा सम्पन्न

images

इच्छाकामना न्युज

२८, पौष २०८१
इच्छाकामना गाउँपालिकाको १६ औँ गाउँ सभा सम्पन्न
images

इच्छाकामना । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको १६ औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा आइतबार गाउँसभा सम्पन्न भएको हो । 

473277905_8866811383426358_6865077293727696832_n1736691035.jpg
 गाउँसभाले १६ वटा योजना तथा वजेट संशोधन गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड ४ लाख ९२  हजार ४९२ रुपैयाँ को वजेट संशोधन गरिएको हो । चालु तर्फबाट कटौती गरि  ५६ लाख  रुपैयाँ  पुँजीगतगतमा थप गरिएको छ ।

बजेट संशोधन सगैँ इच्छाकामना गाउँपालिकाको यस आर्थिक बर्षको बजेट ७८ करोड ४८ लाख ८ हजार ५०० पुगेको छ ।  यस अघि गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि ७७ करोड ९८ लाख ८ हजार ५०० को बजेट ल्याएका थिए । गाउँसभाले संघीय सरकारको विपद् व्यवस्थापन कोषबाट बाट प्राप्त रु ५० लाख रुपैयाँ  स्वीकृत  भएको  छ । 473103062_8866810933426403_8272254948912091980_n1736691034.jpg

यस आर्थिक बर्षको मङ्सिर मसान्त सम्म  २४. ३४ प्रतिशत वित्तिय प्रगति  भएको छ ।  चालु  खर्च तर्फ ३०.९३ प्रतिशत र पुँजीगत तर्फ १५.३९ प्रतिशत प्रगति भएको हो । ठूला आयोजनाहरुको काम सम्पन्न हुन बाँकी रहेकाले वित्तिय प्रगतिको अवस्था कम देखिन गएको प्रमुख प्रशासकिय अधिृकत बस्नेतको भनाई छ । 


उपाध्यक्ष माया सिलवालले गाउँपालिकाको वित्तिय प्रगतीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  गाउँसभामा एकदेखि ७ वडासम्मका वडाध्यक्ष, वडासदस्य लगायतको उपस्थित रहेको थियो ।

473385259_8866811550093008_6930565935809160231_n1736691107.jpg

 

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - २०:२०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology