Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीयद्धारा जनदबाव र ध्यानाकर्षण

बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीयद्धारा जनदबाव र ध्यानाकर्षण

images

इच्छाकामना न्युज

२७, पौष २०८१
बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीयद्धारा जनदबाव र ध्यानाकर्षण
images

इच्छाकामना, २७ पौष । बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीय समुदायले दवाव दिएका छन् । शनिबार पृथ्वीराजमार्गको घुमाउनेमा बृहत जनदवाव कार्यक्रम गर्दै स्थानीय बासिन्दाहरुले बुद्धसिंह मार्गको विभिन्न स्थानमा बन्दै गरेको वा बन्ने प्रक्रियामा रहेको पाँच वटा मोटरेवल पुलको निर्माण कार्यलाई गति दिन माग गरेका छन् ।

उक्त मार्गमा रहेका नदी खोलामा पुल निर्माणकोलागि दवाव दिन स्थानीय स्तरबाट गठित संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले राज्यको उदासिनता र ठेकेदारको लापरवाहीको कारण घुमाउनेमा निर्माणाधिन पुल ११ वर्षदेखी अलपत्र रहेको बताए । उनले घुमाउने पुल सहित सुँढेखोला पुल, ढाँडखोला पुल, खानी खोला पुल, बगर खोला पुल र भुतखोला पुलको निर्माणमा ढिलासुस्ती भएको हुँदा अव उक्त ढिलासुस्ती अन्त्य गर्न स्थानीय जनताले दवाव दिने बताए ।

उक्त कार्यक्रममा संघर्ष समितिका संयोजक गर्जा मगरले ग्रामिण क्षेत्रका सर्वसाधण जनतालाई जे गरेपनि हुन्छ भन्ने मानसिकताले निर्माण कार्यमा ढिलाइ भईरहेको बताए । उनले जनजातिहरुको बस्ती रहेको स्थानमा विकास निर्माणको काममा ढिलाई भईरहेको बताए ।

तनहुँ जिल्लाको यस विकट भेगबाट ठूलाठूला ओहोदाका नेताहरू पाए तर जनताले प्रत्यक्ष अनुभूति हुने गरी विकास अहिलेसम्म पाउन उनले नसकेको बताए । स्थानीय बासिन्दाहरुले केही समय मुग्लिन–नारयणगढ सडकको घुमाउनेमा धर्ना समेत दिएका थिए ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:३२:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology