Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार : मन्त्री गुरुङ

अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार : मन्त्री गुरुङ

images

इच्छाकामना न्युज

२७, पौष २०८१
अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार : मन्त्री गुरुङ
images

काठमाडौँ । सरकारले अध्यादेश ल्याउन पाउने व्यवस्था संविधानमा नै रहेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । संसद्‌मा विधेयक लगेर गए पनि तत्काल पारित हुने सम्भावना नरहेकाले सरकारले अध्यादेश ल्याउनुपरेको उनको भनाइ छ ।

मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । संसद्को अधिवेशन बोलाउने बेला सरकारले अध्यादेश ल्याएर राज्य संचालन गर्न खोजेको भन्दै आलोचना भइरहेको बेला सरकारका प्रवक्ताले भने संवैधानिक अधिकार मन्त्रिपरिषद्ले प्रयोग गरेको बताए ।

'संघीय संसद्को अधिवेशन सम्भवतः माघ दोस्रो साताका लागि बोलाउने तयारी भइरहेको छ । संसद् अधिवेशन बोलाउनका लागि पनि हामीले आफ्नो काम गरिरहेका छौं । १५ दिन राखेर अधिवेशन बोलाउने अभ्यास भएकाले सोहीअनुसार काम भइरहेको हो,' मन्त्री गुरुङले भने, 'अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार हो । मुलुकमा तत्काल कानुनी व्यवस्था गर्नका लागि अध्यादेश ल्याउन पाउने अधिकार सरकारलाई छ । राष्ट्रिय विपत्ति, आर्थिक संकटको बेला अध्यादेश ल्याएर तत्काल कानुनी व्यवस्था गर्न लागिएको हो ।'

मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि पछिल्लो तीन अध्यादेश सिफारिस गरिएको मन्त्री गुरुङको दाबी छ । 'अहिले पनि अर्थतन्त्र कोमामा त नभनौं, आईसीयूमा छ । त्यसलाई वार्डमा ल्याउन प्रयास गरिरहेका छौं, त्यसका लागि धेरै कानुन बाधक भएका थिए, केही कानुन संशोधन गर्नुपर्ने र केहीलाई एकीकृत गर्नुपर्ने भयो । हामीले सोचेजस्ता कानुन बनेका छैनन् । मुलुकको सुस्ताइरहेको अर्थतन्त्रलाई सुधार गर्नकालागि अध्यादेश ल्याउनुपरेको हो,' उनले भने ।

संसद्मा विधेयक लैजाँदा समयमा पास नहुने भएकाले पनि तत्कालका लागि कानुनी अड्चन हटाउन अध्यादेश ल्याइएको मन्त्री गुरुङको भनाइ छ । 'अहिले नै संसद्को अधिवेशन बोलाए पनि विधेयक संसद्मा पेस गरेर दुवै सदनमा पठाउने । संसदीय समितिमा पठाउने र छलफल गर्नुपर्ने हुन्छ । त्यस कारणले पनि विधेयक ल्याएको भए हिउँदे अधिवेशनमा पारित हुने सम्भावना हुने नदेखेर अध्यादेश ल्याउनुपरेको हो । हामीले सोचेजसरी र चाहेजसरी कानुन बन्न सकेका छैनन्,' उनले भने, 'अध्यादेश ल्याए त तत्काल लागू भइहाल्छ । त्यसले मुलुकको अर्थतन्त्रलाई उपचार गर्न सकिन्छ भनेर अध्यादेश ल्याएको हो ।'

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:१७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology