Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आफूले अदालतको अवहेलना कहिल्यै नगरेको प्रधानमन्त्रीको भनाई 

आफूले अदालतको अवहेलना कहिल्यै नगरेको प्रधानमन्त्रीको भनाई 

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
आफूले अदालतको अवहेलना कहिल्यै नगरेको प्रधानमन्त्रीको भनाई 
images

काठमाण्डौ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र  अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएको छ । आज सर्वोच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री ओलीले आफू ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको जनाउनुभएको छ । 
प्रधानमत्रीले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको एउटा पक्ष आफू भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज गर्न माग गर्नुभएको छ । मैले राजनीतिक कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दा सम्माननीय प्रधानन्यायाधीश, माननीय न्यायाधीशहरु, तथा अदालतमा न्याय सम्पादनका लागि कार्यरत कर्मचारी तथा कानुन व्यवसायीमाथि कुनै लाल्छना लगाएको छैन’ प्रधानमन्त्रीको लिखित जवाफको ६ नम्बर बुँदामा भनिएको छ । 
त्यस्तै उहाँले रिट निवेदनकले हँुदै नभएको विषय र अप्रसाङ्गिक कानुनी व्यवस्था उल्लेख गरी अदालतलाई भ्रमित गर्नेगरी रिट दिएको स्पस्ट देखिएको बताउनुभएको छ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १८:५४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology