Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इन्डो नेपाल पुरुष भलिबल : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

इन्डो नेपाल पुरुष भलिबल : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

इच्छाकामना न्युज

२५, पौष २०८१
इन्डो नेपाल पुरुष भलिबल : उपाधिका लागि आर्मी र पुलिस भिड्दै
images

बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । 

images
images

बुधबार मणिमुकुन्द भलिब क्लबलाई ३–० को सोझो सेटमा पराजितगरी आर्मी फाइनलमा प्रवेश गरेको हो भने पुलिस क्लब यसअघि नैं फाइनलमा पुगिसकेको थियो ।  

तेस्रो र सान्त्वना स्थानका लागि बिहीबार बिहान १० बजे गुजरात स्टेट भलिबल र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुने छ । 

त्यसपछि फाइनल खेल हुने मदन भण्डारी स्पोर्टर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । 

प्रतियोगिताको विजेता टोलीले ७ लाख, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुनेले १ लाख ७५ हजार र सान्त्वना पुरस्कार १ लाख रहेको छ । 

उत्कृष्ट खेलाडी तथा अन्य विधागततर्फ समेत नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - ०९:३५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology