चितवन फागुन,६। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका १७ स्थित अमलटारी अन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा बुधवार एउटा करिब २ बर्ष उमेरको पोथी बच्चा गैडा मृत अवस्थामा फेला परेको छ। सो गैडाको बच्चा प्राकृतिक कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। थप अध्ययनको लागि आवस्यक नमुना संकलन गरि भेटेरिनरी शाखामा पठाइएको छ। उक्त बच्चाको ब्रह्म खाग खुर लगायतका सरकारी सामानहरु सुरक्षित् रहेको निकुञ्ज संरक्षण अधिकारी लोकेन्द्र अधिकारीले जानकारी गराउनु भएको छ। यस चालु आर्थिक वर्ष ०७७र७८ मा हालसम्म २५ वटा गैडाको मृत्यु भइसकेको छ।