काठमाण्डौं, ६ फाल्गुन ।
भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा ज्यान गुमाउको संख्या ५१ जना पुगेको छ।
सिधी जिल्लाबाट सतनातर्फ जाँदै गर्दा ५५ यात्रु सवार बस बुधबार दुर्घटना भएको थियो । दुर्घटनामा परेकाहरुको उद्वार कार्य अझै जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन । यो दुर्घटनामा ४ यात्रु वेपत्ता रहेको स्थानीय अधिकारीले जनाएका छन् ।
गुडिरहेको बस सडकभन्दा २२ फिट तल नहरमा खसेको थियो । बस क्रेनको सहायताबाट निकालिए पनि दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रहरीको यसबारे अनुसन्धान गरिरहेको जनाएको छ । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले भने दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई ५ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।