गोरखा, ५ फागुन । जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ३ ज्याब्रुङपाखामा बोलेरो जिप दुर्घटना भएको छ। तनहुँको आँबुखैरेनीबाट मनकामनातर्फ आउदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप आज साँझ सातबजेतिर ज्याब्रुङपाखामा दुर्घटना भएको हो। दुर्घटनामा परि १ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएको छ। मृत्युु हुनेमा मनकामनाका कालुभाई भनिने करिब ३५ बर्षका तोपनारायण श्रेष्ठ रहेको घटनास्थलका प्रत्यक्षदर्शी सुवास अर्यालले जानकारी दिए। अन्य ४ जना सामान्य घाइते रहेको उनले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको र मुचुल्का तयार गर्ने काम भइरहेको प्रहरी एसपी सुरेन्द्र गुरुङले बताए।