Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कास्की जिल्ला अदालतमा रवि लामिछानेको पक्षको बहस आजबाट सुरू

कास्की जिल्ला अदालतमा रवि लामिछानेको पक्षको बहस आजबाट सुरू

इच्छाकामना न्युज

२२, पौष २०८१
कास्की जिल्ला अदालतमा रवि लामिछानेको पक्षको बहस आजबाट सुरू
images

कास्की । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित सात जनाविरुद्ध थुनछेक बहस जारी छ। लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्।

images
images

आइतबार गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापाले अदालतमा बहस गरेका छन्। जोशीका कानुन व्यवसायीले सहकारी प्रकरणमा जोशीको कुनै संलग्नता नरहेको र सहकारीको जिम्मेवारी सञ्चालक समितिले मात्र लिनुपर्ने तर्क गरेका छन्। थापाले मुद्दा दायर गर्दा हद म्याद नाघेको र नयाँ तथ्य कुनै पनि बेला बाहिर नआएको दाबी गरे।

न्यायाधीश नीतिज राईको इजलासमा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको हो। जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल, अधिवक्ता अपूर्व खतिवडा, र गणेशबहादुर भट्टराईले शुक्रबार बहस गरेका थिए। आइतबार शम्भू थापाले आफ्नो बहस पूरा गरे।

अदालतका श्रेस्तेदार राजन खनालका अनुसार जोशीको पक्षका कानुन व्यवसायीको बहस सकिएपछि लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस थाल्नेछन्। लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ, हरि सुवेदी, डा. नारायण घिमिरे लगायत अन्य कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्।

लामिछानेपछिका आरोपितहरू रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ, र आरती गुरुङका कानुन व्यवसायीले पनि अदालतमा बहस गर्नेछन्।

यो प्रकरणमा सहकारीका सेयर सदस्य, सञ्चालक समिति, र रकम स्थानान्तरण सम्बन्धी विवाद मुख्य मुद्दा बनेको छ। अदालतको अन्तिम निर्णयले यो बहुचर्चित प्रकरणलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - ०८:००:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology