Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहकारी उत्पादनसँग जोडिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

सहकारी उत्पादनसँग जोडिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

इच्छाकामना न्युज

२०, पौष २०८१
सहकारी उत्पादनसँग जोडिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
images

काठमाडौँ, पुस २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ । दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको आज उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

images
images

मन्त्री गुरुङले सहकारीलाई अनुशासित बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले केही सहकारी अत्यन्त अनुशासित ढङ्गले सहकारीको उद्देश्य पूरा गरे पनि केही सहकारीहरु सामन्त प्रवृत्ति देखिएको बताउनुभयो । पछिल्लो समय यस्ता अनुशासनहिन र जनताको परिश्रम शोषण गर्ने सहकारीप्रति सरकारले खबरदारी गर्दै आएको छ । 

जनताको बचत हिनामिना गर्ने व्यक्ति वा संस्थालाई कारवाहिको दायरामा ल्याउने, बचतकर्ताको बचत फिर्ता गराउने, अधिकार सम्पन्न सहकारी नियमन प्राधिकरण बनाउने, सहकारी संरक्षण कोष खडा गर्ने लगायतका सहकारीसम्बन्धी सरकारको योजना रहेको मन्त्री गुरुङले बताउनुभयो । 

“हामीले सुरुदेखि नै सहकारीहरु एकीकृत अनुशासनमा राख्नु पर्ने थियो । जसको परिणाम अहिले देखिएकोछ” मन्त्री गुरुङले भन्नुभयो, “सुशासनका आयामहरु अपनाएर विकासको गति अघि बढाउने सरकारको लक्ष्य रहेको छ । मुलुकमा सुशासन कायम हुँदा देशको पुँजीगत खर्चमा वृद्धि हुन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ । विकासमा गतिशीलता आउँछ ।” 

images
प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - २०:५२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology