Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै

चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै

इच्छाकामना न्युज

११, पौष २०८१
चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै
images

११ पुस, चितवन । चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो ।

images
images

आगामी पुस १५ गतेसम्म ५ दिन चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ । १८औं संस्करणको उद्घाटन उप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सव उद्घाटन गर्ने भनिए पनि राष्ट्रपति नआउने जानकारी आएकोले सहरी विकास मन्त्री सिंहलाई कार्यक्रम उद्घाटनका लागि निम्ता गरिएको संयोजक अर्यालले बताए । हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने उद्देश्य राखिएको छ । अहिले ४० प्रतिशत रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सवका अवसरमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ ।

यहाँका होटलहरुले महोत्सवका अवसरमा पर्यटकहरुलाई आर्कषित गर्न होटल तथा रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट दिएको जनाएका छन् । अघिल्लो वर्ष चित्रसारी पुल नजिकैको चौरमा महोत्सव गरिएकोमा यसपटक पुनः बाघमारा चौरमा नै गर्न लागिएको हो । महोत्सवमा हात्तीको श्रृगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग बीटुबी गोष्ठी, चितवनको पर्यटनको सम्भावना हिजो र आज विषयक अन्र्तक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृतिसहित झाँकी प्रर्दशन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति तथा महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रर्दशनी पनि राखिने आयोजकले जनाएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष ध्रुव गिरीले हात्ती महोत्सव र फुड फेष्टिबेल दुई कार्यक्रम सौराहाको ब्राण्ड बनिसकेकोले पर्यटकहरुलाई आकर्षित गर्न सजिलो भएको बताए । हात्तीसँग जोडिएका विभिन्न खेल सम्वन्धी गतिविधीहरु सौराहामा अन्य समयमा नहुने र हात्ती महोत्सवको बेलामा मात्रै हुने हुँदा पर्यटकहरु आँखैबाट यस्ता दृश्य निकाल्न आउने अपेक्षा गरिएको गिरीले बताए । हात्ती महोत्सवमा निजी तथा सरकारी गरी ८० भन्दा बढी हात्ती सहभागी हुनेछन् ।

सौराहामा ६० वटा निजी हात्ती छन् । हात्ती वनभोज कार्यक्रमा सबै हात्तीलाई सहभागी गराइनेछ । यसपटक हात्ती महोत्सवमा हात्ती पोलो खेल समावेश गराइएको भए पनि केही पशु अधिकारकर्मीका नाममा विरोध भएपछि त्यसलाई हटाइएको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरले जानकारी दिए ।

उनका अनुसार चितवन र टाइगर टप्सलाई चिनाउने हात्ती पोलो खेललाई सौराहामा पुर्नजीवित गर्न खोज्दा विरोध भएपछि हटाइएको हो ।

मेघौली र टाइगर टप्स होटललाई चिनाउने हात्ती पोलो खेल चितवनमा जिवित राख्न खोज्दा विरोध गर्नु असान्दर्भिक भएको उनको तर्क छ । हात्ती र चितवनको पर्यटनका बीचमा अन्योन्याश्रित सम्बन्ध भएको भन्दै पूर्वअध्यक्ष घिमिरले हात्तीलाई यहाँका होटल तथा संरक्षणकर्मीले जति माया अरुले नगर्ने दाबी गरे ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - ०९:४१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology