काठमाण्डाँै फागुन,५। कोरोना भाइरस संक्रमणलाई भिटामिन सी र जिन्कले रोक्छ भन्ने तर्क अब मिथ्या सावित भएको छ । सामान्य रुघा खोकीका लागि प्रयोग हुने यो घरेलु उपायले कोरोना संक्रमणलाई रोक्न नसक्ने हालै गरिएको एक क्लिनिकल ट्रायलबाट प्रमाणित भएको हो ।घरमै निको हुँदै गएका २ सय १४ जना कोरोना संक्रमित विरामीहरुमा यो परीक्षण गरिएको थियो । उनीहरुलाई चार फरक फरक समुहमा विभाजन गरिएको थियो । पहिलो समुहका संक्रमितहरुलाई भिटामिन सीको हाई डोज दिइयो । त्यस्तै अर्को समुहका संक्रमितहरुलाई जिन्कको हाई डोज दिईयो । त्यस्तै तेस्रो समुहलाई भिटामिन सी र जिन्क मिश्रित सप्लिमेन्ट दिइयो । त्यसैगरी चौथो समुहलाई आराम दिलाउने, हाइड्रेशन हुन नदिने र ज्वरो नियन्त्रण गर्ने औषधि दिईएको थियो ।अमेरिकाको क्लीभल्याण्ड क्लीनिकका कार्डियोलोजिस्ट डा। मिलिन्द देसाई र उनको टिमले जिंक ग्लूकोनेट र एस्कार्बिक एसिड ९भिनामिन–सी० को हाई डोजले कोरोना संक्रमित विरामीहरुमा कुनै प्रगति भएको पाएन । उल्टो यसको हाई डोज लिने विरामीहरुका अन्य खराब असरहरु देखियो ।डा। एरिन मिचोस र डा। मिगिल केन्जोसले आफ्नो संयुक्त रिपोर्टमा बताए अनुसार सामान्य केयर ग्रुपको तुलनामा सप्लिमेन्ट लिने समुहका कोरोना संक्रमित विरामीहरुमा शरीर चिलाउने, डायरिया हुने र पेट दुख्ने जस्ता गंभीर समस्या देखियो ।यो परिणाम देखिनासाथ जोन हप्किन्स विश्वविद्यालयका डा। एरिन मिचोस र हाउस्टन मेथोडिस्टका डा। मिगिल केन्जोसले कोरोना संक्रमित विरामीहरुलाई भिटामिन सी र जिन्कयुक्त सप्लिमेन्ट दिन तुरुन्त बन्द गराए । तर अधिकांश मानिसहरु रुघा खोकीजन्य फ्लूसंग बच्नका लागि भिटामिन सी र जिन्कयुक्त सप्लिमेन्टहरु प्रयोग गर्दै आएको पाइन्छ ।विज्ञहरुकै शब्दमा भन्ने हो भने, भिटामिन सी इम्युनिटी सिस्टमलाई बलियो बनाउने एन्टिअक्सिडेन्ट हो । केही अध्ययनहरुले भिटामिन सीले बालबालिकाहरुलाई १४ प्रतिशत र युवा अवस्थाकालाई ८ प्रतिशत राहत दिने उल्लेख गरेका छन ।त्यस्तै जिन्कले शरीरका कोशिकाहरुलाई संक्रमणसंग लड्ने क्षमता दिन्छ । एक रिपोर्ट अनुसार जिन्कको कमी हुँदा प्रो–इन्फ्लेमेटरी साइटोकिन्स बढ्ने खतरा हुन्छ भने एन्टीबडीको क्षमतामा पनि ह्रास आउने सिएनएन हेल्थले जनाएको छ ।