चुम्लिङटार । चितवनको इच्छाकामना गाउँपालिकालाई मुख्य केन्द्र मानि संचालनमा आएको यस क्षेत्रकै पहिलो डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकमले सातौं वार्षिकोत्सव मनाएको छ ।

शनिबार चुम्लिङटार स्थित सिद्धार्थ रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि पत्रिकाले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
अनलाईन पत्रिकाका सम्पादक देवराज गुरुङको सभापतित्व तथा बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल प्रमुख अतिथि रहेको कार्यक्रममा इच्छाकामना र आसपासका स्थानीय तहका विभिन्न ७ व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा चितवनको इच्छाकामना गाउँपालिकाको भूमिपुत्र भै यस क्षेत्रकै पहिलो सांसद र मन्त्री बन्न सफल बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, गोरखा जिल्लाको चेपाङ समुदायबाट स्नातकोत्तर तह उर्तीण गर्ने पहिलो व्यक्तिको रुपमा रमिला चेपाङ, झण्डै २ दशक देखि छापा पत्रकारितामा क्रियाशिल इच्छाकामनाका पत्रकार दिपेन्द्र अधिकारी, ५ दशक देखि साहित्यमा क्रियासिल इच्छाकामनाका कवि कृष्णप्रसाद पोखरेल, निजामति सेवातर्फ उच्च तहमा पुग्ने इच्छाकामनाको एक्लो महिला नर्बदा घिमिरेलाई इच्छाकामना न्युज सम्मानद्वारा सम्मानित गरिएको थियो ।

त्यस्तै मनकामना माईको ऐतिहासिक तथ्यलाई नेपाली र हिन्दि भाषामा पुस्तक प्रकाशित गर्ने मनकामनाका प्रेम कुमार श्रेष्ठ र विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने आँबुखैरेनीका प्रकाश गुरुङलाई समेत इच्छाकामना न्युज सम्मानद्वारा सम्मानित गरिएको थियो भने संस्थाद्वारा प्रकाशित इच्छाकामना सेरोफेरो नामक स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा अनलाईनमा लामो समयदेखि विज्ञापन उपलब्ध गराई सहयोग गरेकोमा आँबुखैरेनी स्थित रियल हार्डवेयर सप्लायर्स र ओम विराज डेण्टल आँबुखैरेनीलाई समेत प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले सञ्चार माध्यममले आफ्नो धर्म नछोडी समाजको यथार्थ कुरालाई बाहिर ल्याउनुपर्ने बताए भने स्थानीय सञ्चारमाध्यमले इच्छाकामना र आसपासका स्थानीय पालिकाबीच सहकार्य र समन्वयको लागि पहलको काम गरोस् भन्ने अपेक्षा राखेको बताए । ‘यी पालिकाहरु एकापसका परिपुरक हुन् यसैले छिमेकी पालिकाबीच सहकार्य हुन आवश्यक छ’ –उनले भने ।

मन्त्री सिलवालले आसपासका स्थानीय तह बीच सहकार्य हुन सक्ने क्षेत्रका विषयमा छलफल गर्ने वातावरण बनाउन अनलाईनले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सञ्चार माध्यम सबैको सझा बनेर सत्य तथ्य एवं खोजमुलक समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय समाजमा नकरात्मक कुराहरुले प्रभाव जमाउदै लगेको प्रति चिन्ता व्यक्त गदैै समाजलाई सकरात्मक व्यवस्थित र अनुसासित बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेकोले यसमा जोड दिन अध्यक्ष गुरुङले आग्रह गरे ।
यसैगरी कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना ‘साकार’ले इच्छाकामना न्युज अनलाईन उत्पिडित, सिमान्तकृत समुदायको सशक्त आवाज बन्न सफल रहोस् भनी शुभकामना व्यक्त गरे । सम्बोन्धनकै क्रममा उनले सरकार एकाधिकारवादी र सर्वसक्तावादी बन्न सक्ने भएकोले त्यस्ता कार्य रोक्न सञ्चारमाध्यममले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले सञ्चार क्षेत्रले आफ्नो कर्मलाई निष्पक्ष ढंगले काम गर्दै अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै इच्छाकामना सञ्चारकर्मी समूहका अध्यक्ष रोहिणीप्रसाद त्रिपाठीले स्थानीय पालिकाहरुले स्थानीय सञ्चारमाध्यम र सञ्चारकर्मीलाई भन्दा पनि बाहिरकोलाई सहयोग गर्ने प्रवित्ति बढेको भन्दै दुःख व्यक्त गरे । उनले स्थानीय सरकारले स्थानीय स्तरकै सञ्चार माध्यम र सञ्चारकर्मीलाई कुनै पनि सहयोग नगरेको प्रति आक्रोस समेत व्यक्त गरे ।

कार्यक्रममा विभिन्न संघसंस्था राजनैतिक दलका प्रतिनिधिहरु सहभागी थिए भने नेपाली कांग्रेस आँबुखैरेनीका सभापति बिजय गुरुङ, गण्डकी गाउँपालिका वडा नं. ६ वडाध्यक्ष तुल बहादुर गुरुङ र इच्छाकामना गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचनले समेत बोलेका थिए ।चुम्लिङटार । चितवनको इच्छाकामना गाउँपालिकालाई मुख्य केन्द्र मानि संचालनमा आएको यस क्षेत्रकै पहिलो डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकमले सातौं वार्षिकोत्सव मनाएको छ । शनिबार चुम्लिङटार स्थित सिद्धार्थ रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि पत्रिकाले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

अनलाईन पत्रिकाका सम्पादक देवराज गुरुङको सभापतित्व तथा बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल प्रमुख अतिथि रहेको कार्यक्रममा इच्छाकामना र आसपासका स्थानीय तहका विभिन्न ७ व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा चितवनको इच्छाकामना गाउँपालिकाको भूमिपुत्र भै यस क्षेत्रकै पहिलो सांसद र मन्त्री बन्न सफल बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, गोरखा जिल्लाको चेपाङ समुदायबाट स्नातकोत्तर तह उर्तीण गर्ने पहिलो व्यक्तिको रुपमा रमिला चेपाङ, झण्डै २ दशक देखि छापा पत्रकारितामा क्रियाशिल इच्छाकामनाका पत्रकार दिपेन्द्र अधिकारी, ५ दशक देखि साहित्यमा क्रियासिल इच्छाकामनाका कवि कृष्णप्रसाद पोखरेल, निजामति सेवातर्फ उच्च तहमा पुग्ने इच्छाकामनाको एक्लो महिला नर्बदा घिमिरेलाई इच्छाकामना न्युज सम्मानद्वारा सम्मानित गरिएको थियो ।

त्यस्तै मनकामना माईको ऐतिहासिक तथ्यलाई नेपाली र हिन्दि भाषामा पुस्तक प्रकाशित गर्ने मनकामनाका प्रेम कुमार श्रेष्ठ र विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने आँबुखैरेनीका प्रकाश गुरुङलाई समेत इच्छाकामना न्युज सम्मानद्वारा सम्मानित गरिएको थियो भने संस्थाद्वारा प्रकाशित इच्छाकामना सेरोफेरो नामक स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा अनलाईनमा लामो समयदेखि विज्ञापन उपलब्ध गराई सहयोग गरेकोमा आँबुखैरेनी स्थित रियल हार्डवेयर सप्लायर्स र ओम विराज डेण्टल आँबुखैरेनीलाई समेत प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले सञ्चार माध्यममले आफ्नो धर्म नछोडी समाजको यथार्थ कुरालाई बाहिर ल्याउनुपर्ने बताए भने स्थानीय सञ्चारमाध्यमले इच्छाकामना र आसपासका स्थानीय पालिकाबीच सहकार्य र समन्वयको लागि पहलको काम गरोस् भन्ने अपेक्षा राखेको बताए । ‘यी पालिकाहरु एकापसका परिपुरक हुन् यसैले छिमेकी पालिकाबीच सहकार्य हुन आवश्यक छ’ –उनले भने ।
मन्त्री सिलवालले आसपासका स्थानीय तह बीच सहकार्य हुन सक्ने क्षेत्रका विषयमा छलफल गर्ने वातावरण बनाउन अनलाईनले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सञ्चार माध्यम सबैको सझा बनेर सत्य तथ्य एवं खोजमुलक समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय समाजमा नकरात्मक कुराहरुले प्रभाव जमाउदै लगेको प्रति चिन्ता व्यक्त गदैै समाजलाई सकरात्मक व्यवस्थित र अनुसासित बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेकोले यसमा जोड दिन अध्यक्ष गुरुङले आग्रह गरे ।

यसैगरी कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना ‘साकार’ले इच्छाकामना न्युज अनलाईन उत्पिडित, सिमान्तकृत समुदायको सशक्त आवाज बन्न सफल रहोस् भनी शुभकामना व्यक्त गरे । सम्बोन्धनकै क्रममा उनले सरकार एकाधिकारवादी र सर्वसक्तावादी बन्न सक्ने भएकोले त्यस्ता कार्य रोक्न सञ्चारमाध्यममले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले सञ्चार क्षेत्रले आफ्नो कर्मलाई निष्पक्ष ढंगले काम गर्दै अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै इच्छाकामना सञ्चारकर्मी समूहका अध्यक्ष रोहिणीप्रसाद त्रिपाठीले स्थानीय पालिकाहरुले स्थानीय सञ्चारमाध्यम र सञ्चारकर्मीलाई भन्दा पनि बाहिरकोलाई सहयोग गर्ने प्रवित्ति बढेको भन्दै दुःख व्यक्त गरे । उनले स्थानीय सरकारले स्थानीय स्तरकै सञ्चार माध्यम र सञ्चारकर्मीलाई कुनै पनि सहयोग नगरेको प्रति आक्रोस समेत व्यक्त गरे ।

कार्यक्रममा विभिन्न संघसंस्था राजनैतिक दलका प्रतिनिधिहरु सहभागी थिए भने नेपाली कांग्रेस आँबुखैरेनीका सभापति बिजय गुरुङ, गण्डकी गाउँपालिका वडा नं. ६ वडाध्यक्ष तुल बहादुर गुरुङ र इच्छाकामना गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचनले समेत बोलेका थिए ।
