Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना चिनाउने अभियानमा प्रेमकुमार श्रेष्ठ

मनकामना चिनाउने अभियानमा प्रेमकुमार श्रेष्ठ

मनकामना चिनाउने अभियानमा प्रेमकुमार श्रेष्ठ
images

गोरखाको शहीद लखन गाउँपालिका वडा नं. २ र ३ मा पर्ने मनकामना माईको मन्दिर देशकै चर्चित धार्मिक एवम् पर्यटकीय गन्तव्य हो । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । त्यसैले मनकामना माईको मन्दिर चिनाइराख्नु पर्ने नाम होइन । मनकामना माईको दर्शनका लागि स्वदेश तथा विदेशबाट दैनिक हजारौँ धार्मिक पर्यटकहरु आइरहन्छन् । 

images
images

तर यस मन्दिरमा आउने भक्तजनहरुमा मनोकांक्षा पूरा गर्ने देवीको मन्दिर हो भन्ने बाहेक मनकामना माईको उत्पत्ति र ऐतिहासिकताबारे भने धेरैलाई थाहा नहुन सक्छ । यसैले करौडौं भक्तजनको आस्थाको केन्द्र मनकामना माईको उत्पत्ति र ऐतिहासिकतालाई समेटेर नेपाली र हिन्दी भाषामा स्थानीय प्रेमकुमार श्रेष्ठले ‘श्री मनकामना माई’ नामक पुस्तक प्रकाशन गरेका छन् । स्थायी ठेगाना शहीद लखन गाउँपालिका वडा नं. ३ मनकामना गोरखा भए पनि उनको जन्म वि.सं. २०२१ साल कार्तिक १३ गते बाबा देवीबहादुर श्रेष्ठ र आमा डमकुमारी श्रेष्ठबाट भारतको आसामस्थित सिलोङमा भएको हो । परिवारमा दुई छोरा र दुई छोरीमध्ये उनी जेठो सन्तान हुन् । 

भारतमै जन्मिएका कारण उनको प्रारम्भिक शिक्षा पनि पनि उतै भयो । कक्षा ४ सम्म भारतमै पढेका उनले कक्षा ५ देखि ७ सम्म भने मनकामनाकै मनकामना निम्न माध्यमिक विद्यालयमा पढे । कक्षा ८ पढ्न उनी फेरि सिलोङ फर्किए । 

एक वर्ष पढेपछि फेरि गाउँ फर्किएका उनी हालको गण्डकी गाउँपालिका वडा नं. १ मकैसिङस्थित विजय भवानी माध्यमिक विद्यालयमामा भर्ना भए । दुई वर्ष पढेपछि २०३७ सालमा सोही विद्यालयबाट एसएलसी उर्तीण गरे । त्रिभुवन विश्वविद्यालयबाट २०४२ सालमा प्रवीणता प्रमाणपत्र तह र २०५२ सालमा स्नातक तह पूरा गरेका उनी हाल व्यवसाय र सामाजिक कार्यमा व्यस्त छन् । 

वि.सं. २०३९ देखि २०५२ सालसम्म मनकामनास्थित मनकामना माध्यामिक विद्यालयमा शिक्षण पेशा गरेका श्रेष्ठ सामाजिक क्षेत्रतर्फ मनकामना मन्दिरको गुठीयार, ७ वर्ष मनकामना क्षेत्र विकास समितिको सदस्य, मनकामना मन्दिर जीर्णोद्वार समितिको सदस्य सचिव भएर काम गरे । हाल मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । 

यस्तै मनकामना घरेलु बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, लायन्स क्लब अफ मनकामनाको वर्ष २०२२÷२३ को अध्यक्ष, मनकामना क्षेत्र फोहोर व्यवस्थापन तथा सरसफाइ बोर्डको सदस्य सचिव, मनकामना माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य, मनकामना नमुना गाविसको संयन्त्र सदस्य भएर समेत काम गरिसकेका छन् । 

उनको योगदानको कदरस्वरुप ‘शिक्षा सेवा पुरस्कार–२०५१’ प्राप्त गरिसकेका उनले २०६० सालमा ‘दैवी प्रकोप पदक’ पाएका छन् । यसरी सामाजिक कार्यमा समेत अग्रसर पूर्वशिक्षक प्रेमकुमार श्रेष्ठले देशकै चर्चित धार्मिक स्थल मनकामना माईको ऐतिहासिक तथ्यलाई लिपिबद्ध गर्ने कार्य गरेको विषयमा मूल्याङ्कन गर्दै इच्छाकामना न्युज डटकमले संस्थाको सातौँ वार्षिकोत्सवको अवसरमा इच्छाकामना न्युज सम्मान–२०८१ मार्फत् सम्मान गर्न पाउँदा खुसी लागेको छ । 

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - ०८:५४:४१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology