Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

नेकपा एमाले कालिका नगर कमिटीको दोश्रो अधिवेशन पुस ५ र ६ गते हुने

नेकपा एमाले कालिका नगर कमिटीको दोश्रो अधिवेशन पुस ५ र ६ गते हुने

images
नेकपा एमाले कालिका नगर कमिटीको दोश्रो अधिवेशन पुस ५ र ६ गते हुने
images

कालिका । नेकपा एमाले कालिका नगर कमिटीको दोश्रो अधिवेशन पुस ५ र ६ गते हुने भएको छ। कालिका नगरपालिका ६ को कालिका बङ्ग्वेटमा हुने अधिवेशनको सबै तयारी पूरा भएको बिहीबार खोलेसिमलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । अधिवेशनको पार्टीका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले उद्घाटन गर्ने नगर कमिटी अध्यक्ष केशव लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनका लागि नगरभित्रका सबै वडाबाट ३ सय १७ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भइसकेका छन् । अधिवेशनको उद्घाटनसत्रमा २ हजार नगरवासीलाई सहभागी गराउने तयारी गरिएको लामाले बताउनुभयो । उहाँले अधिवेशनको उद्घाटनसत्रमा सबै नगरवासीलाई उपस्थित हुनका लागि आब्हान गर्नुभयो ।

नेकपा (एमाले) लाई बलियो बनाउन कालिका नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको बागमती प्रदेश कमिटी सदस्य खुमनारायण श्रेष्ठ (गोपी) ले बताउनुभयो । उहाँले भन्नुभयो,पार्टीको बिरासत पहिले जहाँ थियो त्यहीँ छ,एमाले कालिका २०७९ मा फर्किसकेको छ । उहाँले अधिवेशनबाट आउने पार्टीको नयाँ नेतृत्वले पार्टीलाई थप चलायमान बनाउने बताउनुभयो । पार्टीबाट नेतृत्व गरेर गएका जनप्रतिनिधिको कामबाट पार्टी सन्तुष्ट रहेको बताउनुभयो ।

कालिका नगरपालिकामा एमालेका १२९० जना संगठित सदस्य छन । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व छनोट हुने अधिवेशन प्रचार विभाग संयोजक हिम्मत पुरीले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - २१:१०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology