Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा,सजाइयो पूजा स्थल

राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा,सजाइयो पूजा स्थल

images

इच्छाकामना न्युज

२८, कार्तिक २०८३
राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा,सजाइयो पूजा स्थल
images

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई लक्षित गर्दै राप्ती पुलमाथिको नदी किनारमा पूजा स्थल सजाउने तथा व्यवस्थापन गर्ने कामलाई तीव्रता दिइएको छ।

छठ पूजा समारोह समितिका अनुसार व्रतालुहरूलाई सहज रूपमा पूजा तथा आराधना गर्न मिल्ने गरी नदी किनारमा टेन्ट निर्माण गरिएको छ । साथै, पूजा स्थलको सरसफाइ, सजावट र आवश्यक व्यवस्थापनका कामसमेत सम्पन्न हुने चरणमा पुगेका छन् । यस वर्ष पनि छठ पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा मनाउने उद्देश्यले नदी किनारलाई आकर्षक ढङ्गले सिँगारिएको छ । व्रतालु तथा भक्तजनको सुविधालाई ध्यानमा राख्दै पूजा स्थलमा आवश्यक व्यवस्थापन मिलाइएको समितिले जनाएको छ ।

छठ पर्व नजिकिँदै जाँदा राप्ती नदी किनारमा चहलपहल बढेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठ पर्वका लागि हेटौँडामा समेत विशेष तयारी गरिएको छ ।

 
 

images
प्रकाशित मिति :कार्तिक २८, २०८३ शुक्रवार - १७:१२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology