आँबुखैरेनी, ३ पौष । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पताललाई ३ (तिन) थान इलेक्ट्रिक हिटर सहयोग प्राप्त भएको छ ।
आँबुखैरेनी-३ निवासी सुरविर केसी द्वारा स्व. आमा जुन केसीकाे सम्झनामा बुधबार अस्पताललाई ३ (तिन) थान इलेक्ट्रिक हिटर सहयोग प्रदान गर्नुभएको हो ।
जाडो मौसममा बिरामीहरुको सहजताका लागि इलेक्ट्रिक हिटर सहयोग गरिएको सुरविर केसीले जानकारी दिए ।