Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिनमा प्रथम नेवाः फुड फेस्टिवल सम्पन्न

मुग्लिनमा प्रथम नेवाः फुड फेस्टिवल सम्पन्न

images
मुग्लिनमा प्रथम नेवाः फुड फेस्टिवल सम्पन्न
images

मुग्लिन । चितवनको इच्छाकामना -५ मुग्लिनमा पहिलो पटक योमरी पुन्हिको अवसर पारेर नेवारी मौलिक परिकारको प्रदर्शन तथा प्रवर्धन गर्ने उदेश्यले आयोजित प्रथम नेवाः फुड फेस्टिवल आइतबार सम्पन्न भएको छ ।

नेवाः मिसा पुचःको आयोजनामा सम्पन्न प्रथम नेवाः फुड फेस्टिवलको औपचारिक कार्यक्रमको अध्यक्षता मिसा पुच की अध्यक्ष निर्मला श्रेष्ठले गर्नुभएको थियो।

इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तेजबहादुर शेरचन, नेवा गुठी समाज मुग्लिन का अध्यक्ष जुनाराज भण्डारी, इप्रका मुग्लिनका प्रमुख निरला भण्डारी, पूर्व गाउँपालिका अध्यक्ष गीता गुरुङ, पूर्व गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि माया सिलवालले नेवा फुड फेस्टिवलको प्रशंसा गर्दै जातीय संस्कार, संस्कृति जगेर्ना गर्ने कार्यको इच्छाकामना गाउँपालिकाले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा विभिन्न जातजातिहरु मिलेर बृहत कार्यक्रम गर्न पनि अनुरोध गरिन्। सोको लागि गाउँपालिकाले सहयोग गर्न तत्पर रहेको पनि जनाइन्।

नेवाबमिसस पुचकी सचिव सुशीला श्रेष्ठले सञ्चालन गरेको फेस्टिबलमा योमरी, बारा, छोइला, सेल रोटी लगायत विभिन्न नेवारी खानाका परिकार उपलब्ध रहेको थियो ।कार्यक्रम स्थलमा नेवारी खाना खानेहरुको बाक्लो उपस्थिति रहेको थियो । आयोजकहरु नेवारी भेषभुषामा सजिएका थिए ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ११:५६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology