Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी र भानुमा अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन् गर्ने सवारीलाई जरिवाना

आँबुखैरेनी र भानुमा अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन् गर्ने सवारीलाई जरिवाना

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
आँबुखैरेनी र भानुमा अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन् गर्ने सवारीलाई जरिवाना
images

आँबुखैरेनी, ३ फागुन तनहुँको आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका खोलाबाट अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन् गर्ने सवारीलाई जरिवाना गरिएको छ। प्रहरीले तनहुँ आँबुखैरेनी गाउँपालिकाबाट अवैध रुपमा नदीजन्य सामाग्री उतखनन् गरिरहेको एउटा एक्साभेटर र भानु नगरपालिकाबाट २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो। 
आँबुखैरेनी वडा नं. ३ कुडुलेघाट स्थित मस्र्याङ्दी नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन् गर्दै गरेको बा २ क ४३५३ नं. को एक्साभेटर तथा तनहुँ भानु नगरपालिका वडा नं. ११ पाउँदीखोलाबाट ग्राबल ढुङ्गा अवैध रुपमा उठाईरहेको ग १ त ९८४० र ग ६ त ६६२ नं. नम्बरका ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
आँबुखैरेनीको मस्र्याङदी किनारबाट नियन्त्रणमा लिइएको एक्साभेटर आँबुखैरेनी गाउँपालिका कार्यालय तथा भानुबाट नियनत्रणमा लिइएको ट्याक्टर भानु नगरपालिका कार्यालयमा बुझाईएकामा एक्साभेटरले २० हजार र ट्याक्टरले १२ हजारका दरले २४ हजार जरिवाना बुझाएको प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २१:२८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology