इच्छाकामना, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८१÷८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज हुदैछ ।
इच्छाकामना गाउँपालिका–१, भाराङमा गाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको लागि आवश्यक तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ ।