Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भ्यालेन्टाईन डेको दिन झापामा पुरुषबाट पुरुष नै बलात्कृत

भ्यालेन्टाईन डेको दिन झापामा पुरुषबाट पुरुष नै बलात्कृत

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
भ्यालेन्टाईन डेको दिन झापामा पुरुषबाट पुरुष नै बलात्कृत
images

भद्रपुर, ३ फागुन। ​देशभर महिला बलात्कृत हुँदै गरेको घटना सार्वजनिक भइरहेको बेला झापामा पुरुषबाटै पुरुष बलात्कार भएको घटना बाहिरिएको छ। कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिबार बेलुका ७ बजे दुई जना पुरुष मिलेर एक पुरुषलाई बलात्कार गरेको घटना बाहिरिएको हो।​

images
images

कनकाई–७ निवासी ३० वर्षीय पुरुष अप्राकृतिक यौन क्रियाकलापमा परी सख्त घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

अप्राकृतिक यौन क्रियाकलापमा संलग्न दुबैलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडका राखिएको छ। घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरे पनि घाइतेका तर्फबाट उजुरी नपरेको प्रहरीको भनाइ छ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २०:४०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology