Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत

आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत

इच्छाकामना न्युज

२४, मंसिर २०८१
आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत
images
आँबुखैरेनी, २४ मंसिर । तनहुँको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालले मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई भनेका थिए ।
 
लगत्तै विभागबाट गएको अनुगमन टोलीले अनुमति दिन सिफारिस गरेपछि विभागले अस्पतालमा सेवा सञ्चालनका लागि अनुमति दिएको हो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामाजिक सञ्जालमा सहयोगका लािग मन्त्री पौडेललाई धन्यवाद दिएका छन् । उनले अब पूर्ण क्षमतामा डायलसिस सेवा उपलब्ध हुने जानकारी दिए ।
 
गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले अस्पतालमा सेवा सञ्चालनका लागि सुचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको भन्दै सघाउन अनुरोध गरे पछि मन्त्री पौडेलले प्रक्रिया अघि बढ्ने बताएका थिए ।अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा समेत सघाउने मन्त्री पौडेलले बताएका थिए ।
 
साथै, अस्पतालमा सुरक्षित सुत्केरी सेवा सञ्चालनका लागि समेत मन्त्रालयअन्र्तगतको परिवार कल्याण महाशाखाले अनुमति दिने तयारी गरिरहेको छ । यसो भएमा गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् ।

images
प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - १०:०५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology