Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदै 

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदै 

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदै 
images

काठमाण्डौ, ३ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी खेल अपरान्ह १२ बजेबाट सुरु हुनेछ । 
पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ । एपीएफ पुलिसलाई हरयेर उपाधि होड बलियो बनाउन चाहन्छ । जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । एपीएफले ९ खेलमा २७ अङ्क जोडेको छ । पुलिस उपाधि होडबाट बाहिरिसकेको छ । तर, पुलिस एपीएफको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा रहेको छ । पुलिसले ९ खेलमा १४ अङ्क जोडेको छ । पुलिस लिगको चौंथो स्थानमा रहेको छ । 
यस्तै आजै हुनेअर्को खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । वालिङ ९ खेलमा १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । विराटनगर १० खेलमा १३ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०९:३०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology