आँबुखैरेनी, २३ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा शनिबार देखि अप्रेशन सेवा सुरु भएको छ ।
अस्पतालको स्वास्थ्य सेवा अन्तर्गत नयाँ अध्याय मेजर शल्यक्रिया जस्तै हर्निया, एपेन्डिक्स, सी. एस. (CEONC केन्द्र सञ्चालनको अनुमती प्रदान भएपछि) लगायतका अप्रेशन सेवा सुरु भएको अस्पतालले जनाएको छ ।
आज अस्पतालमा ५९ वर्षका बिरामी माधव प्रसाद वाग्लेकाे हर्नियाको सफल अप्रेशन सँगै अप्रेशन सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट: डा. डी.बी. क्षेत्रीले बताउनुभयो ।
सर्जन: दमौली अस्पताल प्रमुख डा. परिवर्तन बराल, एनस्थेसिया सहायक: कुशल भट्टराई, आँबुखैरेनी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट: डा. डी.बी. क्षेत्री,"नर्सहरू: पूजा रावल, सीमा सापकोटा क्षेत्री, प्रयोगशाला प्रमुख: अमृत पण्डित, ओ टि सहयोगी: श्रावण बुढाथोकीको सहयोगमा वाग्लेकाे हर्नियाको सफल अप्रेशन गरिएको थियोे ।