Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एनपीएलमा आजः पोखरा, कर्णाली र लुम्बिनी पहिलो तथा चितवन तेस्रो जितको खोजीमा

एनपीएलमा आजः पोखरा, कर्णाली र लुम्बिनी पहिलो तथा चितवन तेस्रो जितको खोजीमा

इच्छाकामना न्युज

२१, मंसिर २०८१
एनपीएलमा आजः पोखरा, कर्णाली र लुम्बिनी पहिलो तथा चितवन तेस्रो जितको खोजीमा
images

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) पनि दुई खेल हुँदै छन्। यसअघि लगातार दुई खेलमा हार भोगेका पोखरा एभेन्जर्स र कर्णाली याक्स आज दुई छुट्टाछुट्टै खेलमा पहिलो जितको खोजीमा मैदान उत्रनेछन्। 

images
images

सदाझैँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स चितवन राइनोजसँग भिड्दै छ। कर्णाली सोमपाल कामीको कप्तानीमा छ। बलियो मानिएको कर्णालीले मैदानमा भने सोचेअनुसार प्रदर्शन गर्न सकिरहेको छैन।

आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ र दोस्रो खेलमा काठमान्डुसँग ३ विकेटले पराजित कर्णाली आज तेस्रो खेलमा चितवनलाई हराउँदै पहिलो जित हासिल गर्ने प्रयासमा हुनेछ। 

उता कुशल मल्लको कप्तानीमा रहेको चितवन भने लगातार तेस्रो जितको खोजीमा मैदान उत्रनेछ। चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनले हराएको थियो।

दुई खेलबाट ४ अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। दुई खेलमा पराजित कर्णाली भने अंक तालिकाको सातौँ स्थानमा छ। 

दिउँसो १ बजे सुरु हुने आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन्। 

पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रनेछ। लुम्बिनीको नेतृत्व रोहित पौडेलले गर्नेछन्। 

लगातार दुई खेलमा हार भोगेको पोखरा पहिलो जित हासिल गर्न चाहन्छ। आफ्नो पहिलो खेलमा पोखरा चितवनसँग ८७ रन र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले हारेको थियो।

लुम्बिनी भने एनपीएलमा आज दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा एनपीएलकै कीर्तिमानी लक्ष्य बनाएर पनि पराजित लुम्बिनी दोस्रो खेलमा पहिलो जितको स्वाद चाख्न चाहन्छ।

लुम्बिनीले पहिलो खेलमा विराटनगरलाई १ सय ९२ रनको विशाल लक्ष्य दिए पनि २ विकेटले हारेको थियो। 

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ०७:५७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology