Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन, अब पेन्सन बुझ्न पाउने

सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन, अब पेन्सन बुझ्न पाउने

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन, अब पेन्सन बुझ्न पाउने
images

काठमाण्डौ, ३ फागुन । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट योगदानकर्ताले निवृत्तभरण (पेन्सन) बुझ्न पाउने भएका छन्। कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन गर्दै विशेष सापटीको रूपमा जागिरमा हुँदै ८० प्रतिशतसम्म रकम निकाल्न पाउने व्यवस्था पनि मिलाइएको छ।
सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले कोषबाट सञ्चालनमा ल्याइएका वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८ दशमलव ३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८ दशमलव ३३ प्रतिशत रकम जम्मे हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । निवृत्तभरण योजनामा जम्मा भएको कूल रकमलाई १ सय ८० ले भाग गरी मासिकरूपमा निवृत्तभरण दिने व्यवस्था भएकोमा १ सय ८० भाजकलाई १ सय ६० कायम गरी मासिक निवृत्तभरण रकम बढाउन सक्ने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । 
यस्तै २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरूले चाहेमा निवृत्तभरणअन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । यस्तै अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमै हुँदा ८० प्रतिशतसम्म विषेश सापटीको रूपमा प्रदान गरिने पनि कोषले जनाएको छ। अवकाश सुविधा योजनाअन्तर्गत नियमितरूपमा ८ दशमलव ३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वेच्छिकरूपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भइ आएको रकम, योगदानकर्ताले चाहेमा न्यूनतम आधारभूत तलबको तीन गुणाभन्दा बढी निवृत्तभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पुरा भएका योगदानकर्ताहरूको निवृत्तभरण अन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०९:०२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology