Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछाने र छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

रवि लामिछाने र छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

इच्छाकामना न्युज

१९, मंसिर २०८१
रवि लामिछाने र छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
images

वीरगञ्ज — पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ ।

images
images

वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई बधुबार पर्सा जिल्ला अदालतले अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिए । लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो ।

लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी छ । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनलाई हिरासतबाटै प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १९:३९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology