Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ

इच्छाकामना न्युज

१९, मंसिर २०८१
स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ
images

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस बुधबार (आज) विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो।

images
images

उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त जस्तै छन्। 

उनका कालजयी गीतहले नेपाली गीत संगीतको स्वरुप नै बदलिदिएको छ। प्रेम र देशभक्ति गीत गाउन मनपराउने स्वरसम्राट शब्द र संगीतमा निकै ध्यान दिन्थे। उनका सबै गीत कालजयी छन्।

यो सम्झिने मन छ, म बिर्सूं कसरी’,। आँखा छोपी नरोउ भनी भन्नु पर्‍या छ’,। एउटा मान्छेको मायाले कति’ जस्ता कालजयी गीतहरुमा आवाज दिएका स्वरम्राटको स्वर माधुर्यले अहिलेपनि लोकप्रियताको सगरमाथा चुमिरहको छ। त्यसैले त स्वरसम्राटको सम्झना र नेपाली संगीतलाई जीवित राख्न नारायणगोपाल संगीत कोषले हरेक वर्ष उनको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा कार्यक्रम गर्दै आएको छ। ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएका छन्।

साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका समेत प्रकाशन गरेका थिए।

दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित पनि लगाएका थिए।

उनले गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाएका छन्। उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरियो।

दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे। पेमलाको निधन २०६१ असार १६ गते  भएको थियो।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - ०८:४५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology