आँबुखैरेनी, १६ मंसिर । आँबुखैरेनी सेवा समाजको अध्यक्षमा पुनः मनोज कुमार श्रेष्ठ चयन भएका छ्न । अकला मन्दिर परिसर बरादीमा शनिबार सम्पन्न समाजको दोश्रो अधिबेशनले पुनः मनोज कुमार श्रेष्ठ अध्यक्षमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचीवमा राजेश सुनाम, सह सचिवमा रबिन श्रेष्ठ, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सह कोषाध्यक्षमा दिपक गुरुङ र सदस्यहरुमा दिपेश प्रधान, पुजन श्रेष्ठ, सुरज कुमार श्रेष्ठ, सुमन भट्ट, अम्बिका पन्त, सन्तोष थपलिया,राज कुमार श्रेष्ठ लगाएत रहेका छ्न । यसैबीच, समाजको दोश्रो अधिबेशनको अवसरमा ४ जना समाजसेवीलाई सम्मान गरेको छ ।
समाजसेवी थम बहादुर थापा, शिव कुमार श्रेष्ठ, प्रेम कुमारी थापा र लसु थापालाई सम्मान गरिएको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।