Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामना जेसीजले मुग्लिनमा आज ट्राफिक सचेतनामुलक कार्यक्रम तथा डस्टबिन वितरण गर्यो

इच्छाकामना जेसीजले मुग्लिनमा आज ट्राफिक सचेतनामुलक कार्यक्रम तथा डस्टबिन वितरण गर्यो

images

इच्छाकामना न्युज

११, मंसिर २०८१
इच्छाकामना जेसीजले मुग्लिनमा आज ट्राफिक सचेतनामुलक कार्यक्रम तथा डस्टबिन वितरण गर्यो
images

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजारमा ट्राफिक सचेतनामुलक तथा डस्टबिन वितरण कार्यक्रम गरिएको छ ।

जेसीज इच्छाकामना (सम्भावित)ले इलाका प्रहरी कार्यालय मुग्लिन र ट्राफिक प्रहरी कार्यालय मुग्लिनको सहकार्यमा कार्यक्रम सम्पन्न गरेका हुन् ।

सवारी साधनमा डस्टबिन राख्नुका साथै सवारी ट्राफिक सचेनतामुलक स्टिकरहरु टाँसिएको जेसीज इच्छाकामना (सम्भावित) की अध्यक्ष गोमा लुइटेलले जानकारी दिनुभयो । सडक दुर्घटना न्यूनिकरण र सरसफाईमा टेवा पु¥याउने उदेश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

IMG_20241126_222316.jpgगाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष तेज बहादुर शेरचनको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारी, ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख अशोक बस्नेत, उद्योग वाणिज्य संघ इच्छाकामनाका उपाध्यक्ष तथा मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था.लि. मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठ, मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था.लि. मुग्लिनका अध्यक्ष किशोर गुरुङ लगायतको अतिथि रहनुभएको थियो । कार्यक्रममा जेसीज इच्छाकामना (सम्भावित)का पदाधिकारी तथा सदस्यहरु र स्थानीयहरुको सहभागिता रहेका थिए ।

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - २२:२०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology