Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आइतबार तीन घण्टा खुल्यो धरहरा, दुई लाख बढी राजस्व उठ्यो

आइतबार तीन घण्टा खुल्यो धरहरा, दुई लाख बढी राजस्व उठ्यो

images

इच्छाकामना न्युज

९, मंसिर २०८१
आइतबार तीन घण्टा खुल्यो धरहरा, दुई लाख बढी राजस्व उठ्यो
images

blog

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार आइतबार मध्यान्ह १२ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म धरहरा सर्वसाधारणका खुला गरिएको थियो।

उहाँका अनुसार आइतबार जम्मा छ सय ६३ जनाले धरहरा चढेका छन्। 

उहाँले भन्नुभयो, “आज जम्मा छ सय ६३ जना धरहरा चढ्नुभयो। त्यसबाट एक लाख २० हजार ६५० रुपियाँ राजस्व उठेको छ। साढे १२ देखि दिउँसो ४ बजेसम्म खुलेको हो। भोलिबाट  बिहान १० बजेदेखि खुल्छ।”

उहाँका अनुसार दश वर्षमुनिका बालबालिकालाई पुरै छुट गरिएको छ। ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्ग, अशक्तलाई ५० प्रतिशत छुट गरिएको छ। आज पार्किङको शुल्क नलिइएको उहाँले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “धेरैको चाहिँ धरहरा चढ्न पाए हुन्थ्यो भन्ने देखिन्छ। यो पब्लिकको एक्स्पेक्टेसन मिट गर्नको लागि, सबै हिसाबले हामीले चुस्त व्यवस्थापन गर्न चाहिँ सकेको छैन। पैसा नै तिरेर गएपछि अझ राम्रो सर्भिसको अपेक्षा हुन्छ।”

केही समयअघि बिजुलीको ट्रान्सफर्मरका कारण धरहराको लिफ्टमा समस्या आएको थियो। उहाँले अहिले लिफ्टमा कुनै समस्या नभएको जानकारी दिनुभयो।  

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १९:५५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology