Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कन्ट्री रेटिङमा नेपालले पायो 'बी.बी माइनस', सोचेभन्दा राम्रो नतिजा

कन्ट्री रेटिङमा नेपालले पायो 'बी.बी माइनस', सोचेभन्दा राम्रो नतिजा

images

इच्छाकामना न्युज

७, मंसिर २०८१
कन्ट्री रेटिङमा नेपालले पायो 'बी.बी माइनस', सोचेभन्दा राम्रो नतिजा
images

काठमाडौ । नेपालको कन्ट्री रेटिङ रिपोर्ट सार्वजनिक भएको छ। पहिलो पटक नेपालले कन्ट्री रेटिङ गराएकोमा बी.बी माइनस अंक पाएको छ। यो भनेको बी प्लसभन्दा राम्रो हो। नेपालको कन्ट्री रेटिङ विश्वप्रसिद्ध क्रेडिट रेटिङ संस्था 'फिच रेटिङ'ले गरेको हो। बिहीबार केही समय अघि सार्वजनिक गरेको संक्षिप्त विवरणअनुसार तुलनात्मक रूपमा नेपालको रेटिङ राम्रो भएको देखिएको छ। अर्थका अधिकारीहरूले अपेक्षाभन्दा राम्रो नतिजा नेपालले प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। 'कन्ट्री रेटिङमा हाम्रो पहिलो प्रयास थियो, नतिजा अपेक्षाभन्दा राम्रो आएको छ,' अर्थका एक अधिकारीले भने। यो रेटिङले नेपालको ऋण तिर्ने क्षमतालाई सामान्य मान्यता दिए पनि आर्थिक जोखिमको संकेत भने देखाएको छ।

images
प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - ०६:५५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology