Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना केवलकारद्वारा मुग्लिन हाईवे हस्पिटललाई पोर्टेबल इसिजी मेसिन प्रदान

मनकामना केवलकारद्वारा मुग्लिन हाईवे हस्पिटललाई पोर्टेबल इसिजी मेसिन प्रदान

इच्छाकामना न्युज

३०, माघ २०७७
मनकामना केवलकारद्वारा मुग्लिन हाईवे हस्पिटललाई पोर्टेबल इसिजी मेसिन प्रदान
images

मुग्लिन, ३० माघ । मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई मनकामना दर्शन प्रालिका संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोष मार्फत पोर्टेबल इसिजी मेसिन प्रदान गरेको छ। मुग्लिन स्थित हस्पिटलमा आयोजित एक कार्यक्रम मार्फत कोषका सचिव राजेशबाबु श्रेष्ठले १ थान पोर्टेबल इसिजी मेसिन प्रदान गरेको हो।
सहयोग मेसिन प्रदान गर्दै कोषका सचिव श्रेष्ठले सामाजिक संस्थाको रुपमा स्थापित हस्पिटललाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो। स्थानीयलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुगोस् भन्ने हेतुले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोष मार्फत सहयोग गरिएको उहाँले बताउनुभयो। 
उक्त पोर्टेबल इसिजी मेसिन चार्ज मार्फत पनि चलाउन मिल्ने भएकोले विद्युत् नभएको ठाउँमा पनि चलाउन मिल्छ। यसले गाउँगाउँमा पुगेर आपतकालिन उपचार सेवा सहयोग पुग्ने हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बताउनुभयो। यस्तै अध्यक्ष लामाले सहयोग मेसिन ग्रहण गर्दै धन्यवाद सहित आगामी दिनमा सहयोगको अपेक्षा गरेको बताउनुभयो।

images
images

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - २२:२४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology