काठमाण्डौ, ३० माघ । गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । राउण्ड रोविन लिग अन्तर्गत आज भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
पोखरा रंगशालामा आज भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई २५ – २१, २९ – २७, २५ – १५ को सोझो सेटमा पराजित गरेको हो । चार टिम सम्मिलित प्रतियोगितामा गण्डकीले ३ खेलबाट ६ अंक जोड्दा एपीएफले ३ खेलबाट २ अंक जोड्यो । पहिलो खेलमा पुलिसलाई पराजित गरेको एपीएफ आर्मी र गण्डकीसंग पराजित भएको छ ।