Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बन्द भृकुटी कागज कारखानाका मजदुरले तलब पाउने

बन्द भृकुटी कागज कारखानाका मजदुरले तलब पाउने

images

इच्छाकामना न्युज

२५, कार्तिक २०८१
बन्द भृकुटी कागज कारखानाका मजदुरले तलब पाउने
images

गैँडाकोट, कात्तिक २५ गते । नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् । १३ वर्षदेखि बन्द भृकुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन काम नलाग्ने भइसकेका छन् । 

यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुुनुअघिको तलबभत्ता पाएका थिएनन् । नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले उक्त तलबभत्ता दिन कारखाना व्यवस्थापन सहमत भएकाले आगामी असार मसान्तसम्म रकम पाउने सहमति भएको बताउनुभयो । 

यहाँ कार्यरत मजदुरले कारखानासँग ३२ करोड रुपियाँ तलबबापतको भुक्तानी पाउने गरी कारखाना व्यवस्थापन र मजदुरबिच सहमति भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । कारखाना १३ वर्षदेखि पूर्ण रूपमा बन्द छ । यो कारखाना चीन सरकारको सहयोगमा नेपाल सरकारले सञ्चालन गर्दै आएको थियो । पछि सरकारले गोल्छा अर्गानाइजेसनलाई बिक्री गरी कारखाना निजीकरण गरिएको छ । 

कारखानामा कार्यरत मजदुरको तलबभत्ता माग गर्दै टे«ड युनियनले बेलाबेलामा सङ्घर्ष गर्दै आएका थिए । अहिले पेपर मिलका प्रतिनिधि रमेशकुमार दाहाल र आधिकारिक ट्रेड युनियनका मजदुर प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेको पीडित मजदुरका तर्फबाट आन्दोलनका संयोजक दर्शन सापकोटाले जानकारी दिनुभयो । २०६७ सालअघि र त्यसपछि कारखाना सञ्चालन हुँदादेखि हालसम्मको तलब दिने गरी सहमति भएको सापकोटाले बताउनुभयो । 

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठका अनुसार त्यहाँ कार्यरत कर्मचारी र मजदुरमध्ये ३२८ कर्मचारीले तलब पाउने भएका हुन् । सम्झौता भएको मितिले असार मसान्तभित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ । 

२०३७ सालदेखि सञ्चालित यो कारखाना २०४८ सालमा सरकारले निजीकरण गर्ने नाउँमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरेपछि निजी स्तरमा सञ्चालन भएको भृकुटी कागज कारखाना २०६७ मा बन्द भएको हो । यसका करोडौँ मूल्य पर्ने मेसिनलगायतका सामान नष्ट भएर जान थालेका छन् भने अहिले भृकुटी कागज कारखाना खण्डहरजस्तै बनेको छ । 

स्थानीय स्तरमा गठन भएको नागरिक सरोकार समितिले भृकुटी कागज कारखाना स्थानान्तरणलाई मुख्य मुद्दा बनाएर स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको र त्यहाँका मजदुरलाई तलबभत्ता दिनुपर्ने मुद्दासमेत उठाएर आन्दोलन गरेको संयोजक वेदप्रसाद गौडेलले बताउनुभयो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कागज कारखानामा रहेका पुराना संरचना, ग्यास र जस्तापातालगायतले नागरिकलाई असर पर्न नदिने गरी काम गर्ने बताउनुभयो । 

जीर्ण अवस्थाको भृकुटी कागज कारखाना गैँडाकोटमा ५६ बिघा क्षेत्रफलमा फैलिएको छ । घना झाडी, पुराना हानिकारक रसायनसमेत रहेको कारखाना स्थानीयको सुरक्षाका लागि खतरा बन्दै गएको सरोकार समितिका सदस्य नारायण सापकोटाले बताउनुभयो । 

images
प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १७:३३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology