Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामना गाउँपालिकाद्धारा चिस्यान केन्द्र सञ्चालन गर्ने अन्तिम तयारीमा

इच्छाकामना गाउँपालिकाद्धारा चिस्यान केन्द्र सञ्चालन गर्ने अन्तिम तयारीमा

images

इच्छाकामना न्युज

१६, कार्तिक २०८१
इच्छाकामना गाउँपालिकाद्धारा चिस्यान केन्द्र सञ्चालन गर्ने अन्तिम तयारीमा
images

इच्छाकामना , कात्तिक १६ । चितवनको इच्छाकामना गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेका छन् । किसानहरुको उत्पादनलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको  कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेका हुन् । 
   चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको र चाडैँ सञ्चालनमा ल्याउने तयारीमा भइरहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो ।चिस्यान केन्द्रको अभावमा  किसानले सस्तोमा तरकारी तथा फलफुल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरिएको अध्यक्ष गुरुङको भनाई छ । “उत्पादन भएका फलफुल तरकारी कुहिएर जाने भएका  कारण सस्तोमा  बिक्री गर्न किसानहरु बाध्य छन । उहाँले भन्नुभयो, चिस्यान केन्द्रमा राखेर जुनसुकै बेलामा पनि बिक्री गरि मनग्य आम्दानी गर्न  सकिन्छ ।” किसानहरुको माग र आवश्यकताको आधारमा थप चिस्यान केन्द्रहरु निर्माण गर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष गुरुङका अनुसार कृषिजन्य उत्पादनको संकलन तथा बिक्री वितरणका लागि भनेर कृषि भवन नै निर्माण गरेका हुन् । उक्त भवनमा स्थानीय दुई वटा कृषि सहकारी र कृषि समूहहरुसँग सहकार्य गरेर किसानको तरकारी बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ । 
चिस्यान केन्द्र निर्माण सम्पन्न भएपछि उक्त सहकारीहरु मार्फत कृषि भवनमा काँटा गरेका तरकारीहरु तत्काल बिक्री नभए उक्त चिस्यान केन्द्रमा भण्डारणको व्यवस्था गरिने छ ।  अन्य व्यापारीहरुले किसानको तरकारी  तथा फलफुल काटाँ गर्दा लिने शुल्क भन्दा  कम मुल्यमा काँटा गर्ने व्यवस्था मिलाएको उहाँको भनाई छ । उक्त सहकारीहरु मार्फत किसानलार्ई विउविजन मल र आवश्यक औजारहरु सुपथ मुल्यमा उपलब्ध गराइने अध्यक्ष गुरुङले बताउनुभयो । 
  कृषि भवनमा कोसेली घर समेत सञ्चालन गर्ने अध्यक्ष गुरुङको भनाई छ । काठमाडौँ भित्रिने तथा बाहिरिने मुख्य राजमार्गमा रहेको यस भवनबाट इच्छकामनामा उत्पादन भएका स्थानीय उत्पादनहरुको अवलोकन तथा विक्री वितरण  गरिने व्यवस्था मिलाइने छ । 
अहिले भवनको  माथिल्लो तलाको केही बाँकी निर्माणका काम भइरहेको र यस आर्थिक बर्ष भित्र सम्पन्न गरिने छ । हाल तल्लो तलामा रहेका सटरहरुबाट किसानको तरकारी संकलन तथा बिक्री वितरण भइरहेको छ । गाउँपालिकाले किसानहरुको उत्पादन बजारसम्म पु¥याउन सहजता लागि तीन वटा एम्बुलेन्स समेत सञ्चालन गरिरहेको छ । पहाडी भुभाग रहेको यस इच्छाकामना गाउँपालिका तरकारी तथा फलफुलखेतीका लागि उर्वर भूमि मानिन्छ ।   गाउँपालिकाले किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि  विभिन्न अनुदानका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको अध्यक्ष गुरुङको भनाई छ । 

images
प्रकाशित मिति :कार्तिक १६, २०८१ शुक्रवार - ०८:१६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology